२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

कतारमा एमाले महासचिवले भने- एमालेविरुद्धको षडयन्त्र चिर्दै अगाडि बढ्छौँ

कतारमा एमाले महासचिवले भने- एमालेविरुद्धको षडयन्त्र चिर्दै अगाडि बढ्छौँ

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनका कारण देश बलियो बन्नै नसक्ने बताएका छन् । देश बनाउनका लागि धेरै दलहरूको आवश्यकता नभएको बताउँदै उनले निश्चित स्वार्थ पूरा गर्नका लागि मात्र गठबन्धन भएको बताएका छन् ।

प्रवासी मञ्च कतारको छैटौँ अधिवेशन उद्घाटन समारोहमा सोमबार कतारमा आयोजित कार्यक्रममा उनले विश्वका विकसित देशहरूमा यसको प्रयोग भइरहेको बताए ।

‘विश्वमा गठबन्धन गरेर देशको विकास भएको कहीँ पाइएको छैन, उदाहरण पनि छैन, अर्कोतर्फ विपक्षी दलका विरुद्ध गठबन्धन भनेको अझै अचम्मको विषय हो’ उनले भने ।

प्रवासीहरूको हितका लागि देशमा बलियो र स्थायी सरकार आवश्यकता भएको, आफ्नो पार्टी सरकारको नेतृत्वमा रहँदा प्रवासीका अधिकार दिलाउनका लागि पहल गरेको उनको भनाइ छ ।

‘तपाईँहरूले धेरै तथ्यांकलाई अध्ययन गर्न सक्नुहुन्छ, तीन वर्ष एमालेले सरकारको नेतृत्व गर्दा कति विकास भएको थियो, आर्थिक अवस्था कस्तो थियो, बजेट खर्च र व्यवस्थापन कसरी भएको थियो ? एमाले सरकारबाट बाहिर बसेको एक वर्षमा कस्तो अवस्थामा पुग्यो आफै मूल्यांकन गरेर अगाडि बढ्नुहोस्’, महासचिव पोखरेलले भने ।

नेपाली कांग्रेसलाई अगाडि सारेर सरकारमा जाने, चुनावमा गठबन्धन गर्ने दल कुनै पनि विषयमा कम्युनिस्ट हुनै नसक्ने बताउँदै पोखरेलले भने, ‘आफ्नो विचारबाट विचलन भएर गठबन्धन गर्ने विचार बिहीनहरुलाई कसरी कम्युनिस्ट मान्न सकिन्छ ? अब त कांग्रेस पनि आफ्नो विचारबाट विचलनमा आयो, उसको पनि कुनै नीति छैन मात्र गठबन्धनको सहारामा सरकार बनाउने, आफ्नो निकटकालाई बजेट पुराउने अवस्था देखिएको छ ।’

‘गठबन्धन सरकार नेपाल, नेपाली जनता र हाम्रो भावी पिँडीका लागि सबैभन्दा ठूलो समस्या, चुनौती र अभिसाप बनेको छ । यो सरकार राष्ट्रिय अखण्डता, स्वाधीनता, लोकतान्त्रिक राजनीतिक प्रणालीमाथि निर्मम प्रहार गर्नका लागि बनेको हो भन्ने छर्लङ्ग भएको छ । यसले निहित स्वार्थका लागि षड्यन्त्रमूलक ढङ्गबाट जनताका विरुद्ध शृङ्खलाबद्ध रूपमा घात गरिरहेको छ र देशलाई सङ्कटग्रस्त बनाउँदै लगेको छ’ महासचिव पोखरेलले भने ।

सबै दलहरूको मोर्चाबन्दी एमालेविरुद्ध हुँदा पनि स्थानीय तहको निर्वाचनमा लोकप्रिय पहिलो मतमा एमाले रहे पनि सिट संख्यामा कमी आएको र केही कमजोरी भएका स्थानमा गम्भीर समीक्षा भएको पोखरेलले बताए ।

शनिवार राती कतार पुगेका महासचिव पोखरेलले आइतबार पार्टीको प्रवासी मन्चले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा रहेका थिए भने सोमबार मन्चको अधिवेशन तथा साधारण सभाको प्रमुख अतिथिको रूपमा सहभागी रहेको सचिवालय सदस्य गोविन्द सुवेदीले नेपाल प्रेसले नेपाल प्रेसलाई जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com