२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

लिउसँग प्रचण्डले भने: नेपालको भूमिमा चीन विरोधी कुनै गतिविधि हुन दिन्नौँ

लिउसँग प्रचण्डले भने: नेपालको भूमिमा चीन विरोधी कुनै गतिविधि हुन दिन्नौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ ।

सोमबार प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डलाई भेट्न लिउ टोलीसहित पुगेका हुन् । भेटवार्तामा दुईबीच विविध विषयमा कुराकानी भएको छ ।

भेटवार्तामा प्रचण्डले नेपाल सरकार र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका छन् । यस्तै, विगतदेखि सहयोग गर्दै आएको चीनले अझैँ थप सहयोग गर्नुपर्ने धारणा पनि प्रचण्डले राखेका छन् ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचण्डको भनाई उद्धृत गर्दै नेपालको भूमिमा चीन विरोधी कुनै गतिविधि हुन नदिने बताए ।

बैठकपछि उनले भने, ‘नेपालले जहिलै पनि चीनलाई असल मित्रको रुपमा स्वीकार गर्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै राम्रो सम्बन्ध विकास गर्न चाहन्छ । नेपालको भूमि भएर चीन विरोधी कुनै गतिविधि नदिने कुरामा सिंगो नेपाल सरकार पार्टी प्रतिवद्ध भएको विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com