२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

रविको दावी : शरणार्थीका नाममा भएको ठगीबारे हामीले अनुसन्धान अघि बढाएका थियौं

२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीका बारेमा आफूले सरकारमा हुँदै जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठकपछि भएको पत्रकार सम्मेलनमा उनले आफू गृहमन्त्री भएको बेला नक्कली भुटानी शरणार्थीका नाममा ठगीमा परेको भनेर गुनासो आएको र त्यसबारेमा भित्री रुपमा अनुसन्धानअघि बढाएको दाबी गरे ।

उनले भने, ‘जब म गृहमन्त्रालयमा थिएँ, हामीले चार पाँच चरणमा बसेर छलफल गरेर, पेचिलो छ भनेर भित्री रुपमा अनुसन्धान सुरु गरेको विषय हो ।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेकालाई प्रहरीले पक्राउ गरी अनुसन्धन अघि बढाएको कार्यको आफूले समर्थन गर्ने उनले बताए । तर यो ठगीको लहरो पहरोसम्मै रहेको भन्दै उनले यो लहरो कहाँसम्म पुग्छ र कसरी टुंगिन्छ भनेर हेर्नु पर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com