२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

कांग्रेस केन्द्रीय समिति आज पनि बस्‍दै

कांग्रेस केन्द्रीय समिति आज पनि बस्‍दै

काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुन: बस्‍दैछ ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टयाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com