२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

जसपा विभाजनः बाबुराम पक्षको भेलामा अहिलेसम्म ३४ केन्द्रीय सदस्य पुगे

जसपा विभाजनः बाबुराम पक्षको भेलामा अहिलेसम्म ३४ केन्द्रीय सदस्य पुगे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेको छ । आज पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अलगअलग भेलाको आयोजना गरेका छन् । योसँगै पार्टी फुटको औपचारिक कदम सुरू भएको हो ।

अहिले संघीय परिषद् अध्यक्ष भट्टराई पक्षधरको भेला जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा भइरहेको छ । जहाँ अध्यक्ष भट्टराई पुगिसकेका छन् ।

हालसम्म सो भेलामा केन्द्रीय निकायका १८ जना, केन्द्रीय समितिका ३४ जना, संघीय परिषद्का ३२ जना सदस्य भट्टराई पक्षको भेलामा सहभागी भइसकेका छन् ।

यस्तै बाँकी पनि आउनेक्रम निरन्तर छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com