२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

भक्तपुर साइक्लिङ यात्रा’मा तीन सय बढीको सहभागिता

‘भक्तपुर साइक्लिङ यात्रा’मा तीन सय बढीको सहभागिता

जनसेवा न्युज डटकम संवाददाता

भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्व माझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका छन् । पैदल र प्याडल मैत्री सहर मुख्य नारासहित साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ च्यालेन्ज यात्रा कार्यक्रमअन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरु भएको हो ।

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भक्तपुर, काठमाडौँ, ललितपुर तथा काभ्रेपलाञ्चोकको सिमानासम्मका पर्यटकीय एवं सम्पदास्थलको साइकलबाट परिक्रमा गर्ने गरी भक्तपुर दरबार स्क्वायरबाट ५०, ७५ र १०० किलोमिटरको तीनवटा रुटमा यात्रा सुरु गरेको जानकारी दिए ।

कार्यक्रम संयोजक सुनिल ख्याजुले तीनवटा रुट बनाएर भक्तपुरका चारै नगरपालिकाका शहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रको अवलोकन गरिने बताए । यात्रामा सहभागी होटल हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले साइकलबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्न सकिने बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com