२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

चर्चित अभिनेता पल शाहविरूद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता

काठमाडौं । चर्चित अभिनेता पल शाहविरूद्ध जबर्जस्तीकरणीको जाहेरी दायर भएको छ ।

१७ वर्षीया एक बालगायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा गएर शाहविरूद्ध जाहेरी दिएकी हुन्।

गण्डकी प्रदेश प्रहरीले शाहविरूद्ध दर्ता भएको जाहेरी दर्ता भई कानुनी प्रक्रिया अघि बढिसकेको बताइएको छ । तर, यसबारे औपचारिक जानकारी भने दिएको छैन।

केही दिनअघि ती १७ वर्षीयाले मिडियामा आएर नायक शाहले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । बुधबार भने जिल्ला प्रहरी कार्यालय कास्की पुगेर नायक शाहविरुद्ध मुद्धा दायर गरेकी छन् ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी भनिन्छ । साथै, १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com