२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

संखुवासभामा बस दुर्घटना मृतकको संख्या १५ पुग्यो, ४ जनाको उपचार हुँदै

जनसेवा न्युज संवाददाता

संखुवासभाको मादी नगरपालिका–६ स्थित थुलुङमा बिहिबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बा।४ ख ७३५ नम्बरको ‘रेशम फिलिलि’ बसमा सवार १९ मध्ये चार जना घाइते छन् । घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर मादी नगरपालिकाका मेयर बिदुर लिङथेप धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका थिए ।

मादी नगरपालिका–६ बस्ने ५० वर्षीय डम्बर बहादुर कार्की, वडा नम्बर–४ घर भएका २४ वर्षीय करिश्मा तामाङ, वडा नम्बर–६ घर भएकी २२ वर्षीया तुलसा कटवाल र २४ वर्षीय सुवास तामाङको उपचार भइरहेको छ ।

ईलाका प्रहरी कार्यालय चैनपुरका अनुसार मृतकको संख्या १५ पुगेको छ । धरानमा उपचारको क्रममा मादी नगरपालिका–५ बस्ने २७ वर्षीया युका पोखरेलको मृत्यु भएको छ । १४ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घुम्तीमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । प्रहरीले घाइतेहरूसँग बयान लिइसकेका छैनन् । ओभर स्पिडका कारण दुर्घटना भएको आकलन गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए । उनले भने–‘घुम्तीमा तीव्र गति हुँदा बस पल्टिएको आकलन गरेका छौं, थप अनुसन्धान हुँदै छ ।’

दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा मादी नगरपालिका–६ घर भएकी ३० वर्षीया सीता बिक, ३२ वर्षीया अन्जना कटुवाल, मादी–५ घर भएका ४९ वर्षीय भवानी प्रसाद दाहाल, वर्ष ५६ का श्याम शेर्पा, र वडा नम्बर–२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी छन् ।

ताप्लेजुङ घर भएकी बर्ष ३१ की समिक्षा योन्जन र उनको छोरा ८ वर्षीय सुदिप घिसिङको मृत्यु भएको छ । बसका चालक तेह्रथुम घर भएका ३१ वर्षीय बिपिन निरौलाको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मृत्यु हुनेहरुमा मादी नगरपलिका–६ बस्ने वर्ष ५ की दिक्षा कटुवाल, वडा नम्बर–४ बस्ने ६० वर्षीय बल बहादुर कार्की, वर्ष २८ की सविता कार्की, आइतबहादुर तामाङ र मादी–५ बस्ने ४८ वर्षीय दिपक कुमार दाहाल छन् । बसका सहचालक मादी नगरपालिका–५ बस्ने उमेश भट्टराइको पनि मृत्यु भएको छ ।

सो बस मादीको ओखरबोटेबाट झापाको दमकका लागी छुटेको थियो । घाइतेलाई संखुवासभाका डिएसपी लालध्वज सुवेदी र ईलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर खतिवडाले उद्धार गरेर चैनपुर अस्पतालमा लगेका थिए । सो अस्पतालबाट हेलिकप्टरमार्फत थप उपचारका लाई घाइतेलाई धरान पठाइएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com