२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायो : खिमलाल भट्टराई

सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छायो : खिमलाल भट्टराई

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाए ।

‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका कारण जनतामा निराशा र असन्तुष्टी आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं,’ उनले भने । धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रश्न उठ्न थालेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘जनताको आक्रोश नबढोस्, चिन्ताको विषय यो हो ।’

सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उनले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com