२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

पाकिस्तानको पन्जाब राज्यमा सत्तारुढ दलका मुख्यमन्त्री बर्खास्त

पाकिस्तानको पन्जाब राज्यमा सत्तारुढ दलका मुख्यमन्त्री बर्खास्त

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले मङ्गलबार राती चौधरी परवेज इलाहीलाई पञ्जाबको आधिकारिक मुख्यमन्त्री घोषणा गर्यो । पाकिस्तानको सबैभन्दा धेरै जनसंख्या भएको पञ्जाब राज्यमा जुलाई २२ मा भएको मुख्यमन्त्रीको चुनावमा इलाहीले १८६ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी पीएमएल–एनका हम्जा शेहबाजको १७९ मत आएको थियो ।

तर पञ्जाब विधानसभामा उपसभामुख दोस्त मोहम्मद मजारीले पाकिस्तान मुस्लिम लिग–(क्याए–दे–आजम) का १० सांसदले पार्टीको निर्णयलाई उल्लघंन गरेर इलाहीको पक्षमा हालेको मतलाई अमान्य घोषित गरिदिएका थिए ।
उपसभामुख मजारीले पाकिस्तानको संविधानको धारा ६३ क (१) (ख) अनुसार पार्टी निर्णय उल्लघंन गर्ने सांसदको मत मान्य नहुने तर्क दिएका थिए ।

सर्वोच्च अदालतले भने पञ्जाब विधानसभाका उपसभामुख मजारीको जुलाई २२ को निर्णयलाई अमान्य घोषणा गरिदिएको छ । ‘हामीले पञ्जाब विधानसभाका उपसभामुखद्वारा संविधानको धारा ६३ क (१) (ख) को प्रावधानहरू गलत र त्रुटिपूर्ण रुपमा प्रयोग गरेको पायौं, यसलाई निरन्तरता दिन सकिँदैन,’ निर्णयमा भनिएको छ ।

यो फैसला पाकिस्तानका प्रधानन्यायाधीशको नेतृत्वमा बसेको न्यायाधीश इजाजुल अहसान र न्यायाधीश मुनिब अख्तरसम्मिलित इजलासले सुनाएको हो । अदालतको निर्णयपछि बुधबार बिहान देशका राष्ट्रपति डा। आरिफ अल्वीले इस्लामावादमा इलाहीलाई सपथ ग्रहण गराए । पञ्जाबका गभर्नर बालीगुर रहमानले सपथ ग्रह गराउन अस्वीकार गरेपछि इलाही लाहोरबाट संघीय राजधानी पुगेका थिए ।

फैसलामा पञ्जाबका गभर्नर बालीगुर रहमानलाई मंगलबार राति ११ः३० बजेसम्म कानून र संविधान अनुसार परवेज इलाहीलाई पदको सपथ गराउनसमेत आदेश दिएको थियो । र गभर्नर त्यसो गर्न असक्षम रहे वा अनिइच्छुक रहे राष्ट्रपति अल्वीले सपथ गराउन भनिएको थियो ।

सर्वोच्च अदालतको निर्णयको केन्द्रमा गठबन्धन सरकार चलाएका दलहरुले विरोध गरेका छन् । यो निर्णयपछि पञ्जाबका मुख्यमन्त्री रहेका हेम्जा शाहवाजको पद गुमेको छ । हेम्जा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफका छोरा हुन् ।

अदालतको निर्णयमा इमरान खान र उनको पार्टीले भने समर्थन गरेको छ । उनले पहिलेदेखि इलाहीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै आएका छन् ।–डनबाट

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com