२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

अमेरिकी सहायक विदेशमन्त्री लू आइपुगे काठमाडौं

अमेरिकी सहायक विदेशमन्त्री लू आइपुगे काठमाडौं

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् ।

बिहीबार अपरान्ह नयाँ दिल्ली हुँदै दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू काठमाडौं आइपुगेका हुन् ।

सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय गरिएको छ । लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेर फर्कने कार्यक्रम रहेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले नियमित भ्रमणको सिलसिलामा लु नेपालको दुईदिने भ्रमणमा आएका हुन् । लु गत मंसिरमा नेपाल भ्रमणमा आएका थिए । त्यतिबेला उनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालले ग्रहण गर्न दबाब पनि दिएका थिए । पछि संसद्बाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com