२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नेता कार्यकर्तालाई इमान्दार र निष्ठावान भएर देश परिवर्तनको बाटोमा लाग्न अध्यक्ष नेपालको निर्देशन

 

काठमाडौं । नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले इमान्दार र निष्ठावान भएर देशको परिवर्तनमा कसरी लाग्ने भन्ने विषयमा जिम्मेवार बन्नुपर्ने बताएका छन् । विहीबार पार्टी स्कूल विभागको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भनेका छन्, ‘यो देश बनाउने कसरी ? समाज रूपान्तरण कसरी गर्ने ? अन्य देशले कसरी परिवर्तन गरे, त्यो कसरी सिक्ने ? विगतको अनुभवबाट कसरी शिक्षा लिने ? भन्ने विषयमा केन्द्रित हुनुपर्छ ।’

यसका साथै उनले नेताहरूलाई पैसा जम्मा गर्ने कुराले मात्रै पिरोलेका कारणले देश नबनेको पनि बताएका छन् । अध्यक्ष नेपालले भने, ‘आज एकजनासँग भेट भएको थियो । उहाँले यो देशका नेता कस्ता छन् ? देश बनाउने कुराले पिरोल्छ कि पिरोल्दैन होला रु भनेर प्रश्न गर्नुभयो रु मैले भनेँ, पैसा जम्मा गर्ने कुराले पिरोल्छ । तर, देश किन बनेन ? भन्ने कुराले पिरोलेको म पाइरहेको छैन ।’

यसैबीच अध्यक्ष नेपालले पार्टीमा युवा शक्तिलाई अगाडि बढाउन आवश्यक रहेको उल्लेख गर्दै पार्टी र आन्दोलनको झण्डा बुलन्द गरेर जनताको प्यारो बन्नुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com