२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

युक्रेन ३० दिन युद्धविराम गर्न तयार, अमेरिकाले सहायता जारी राख्ने

काठमाडौं । युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो ।

ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि बाहिरिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी अधिकारीहरुले जेद्दामा पहिलोपटक वार्ता गरेका थिए ।

सो वार्तामा अमेरिकाले राखेको ३० दिनको युद्धविराम प्रस्ताव युक्रेनले स्वीकार गरेको हो । साथै अमेरिकाले युक्रेनलाई रोकेको सहायता जारी राख्ने र खनिज खानीसम्म अमेरिकाको पहुँच दिने विषयमा युक्रेन सहमत भएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामको प्रस्ताव युक्रेनले स्वीकार गरिसकेको भन्दै अब रुसले निर्णय गर्नुपर्ने बताए ।

रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ । यो बीचमा युक्रेन युद्धविरामका लागि तयार भएको पहिलोपटक हो ।

युद्धविरामको निर्णय लिनुअघि युक्रेनले रुसको राजधानी मस्कोमा हालसम्मकै ठूलो हमला गरेको थियो । २०० बढी ड्रोन प्रहार हुँदा ९० जति ड्रोन मस्कोमा केन्द्रित थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com