२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

नबिल बैंकले एनबी बैंक प्राप्ति गर्ने पक्का

नबिल बैंकले एनबी बैंक प्राप्ति गर्ने पक्का

अन्ततः नबिल बैंक लिमिटेडले नेपाल नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी बैंक) लाई प्राप्ति गर्ने पक्का भएको छ। शनिबार सम्पन्न नविल र एनबी बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले यी दुई बैंक एक आपसमा एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेर अख्तियारी दिएपछि गाभ्ने – गाभिने प्रक्रिया अगाडि बढेको छ।

दुवै बैंकको विशेष साधारणसभाले सभामा प्रस्ताव गरेका सबै एजेण्डा पारित गरेको बैंकहरुले जनाएका छन् । एनबी बैंकलाई गाभेपछि नबिल बैंक अधिकांश सूचकमा पहिलो बैंक बन्ने उसले दाबी गरेको छ। एनबी बैंकको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः४३ लाई विशेष साधारण सभाले स्वीकृति प्रदान गरेका कारण एनबी बैंकका सेयरधनीले १०० कित्ताबराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन्। । आजको कारोबार दैनिकमा समाचार छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com