२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

भारतमा थपिए २० हजार नयाँ कोरोना सङ्क्रमित

भारतमा थपिए २० हजार नयाँ कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् ।

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।

ती मध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ ।

पछिल्लो समय भारतमा दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।

भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या पाँच लाख २६ हजार ३१२ पुगेको छ ।

सङ्क्रमणमुक्त भएकाहरूको प्रतिशत ९८.४८ रहेको छ । पछिल्लो एक दिनमा २० हजार ९५८ जना सङ्क्रमणमुक्त भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com