२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

नागरिकता विधेयक : गैरआवसीय नेपालीको मातृभूमिप्रतिको दायित्व झनै बढ्यो

नागरिकता विधेयक : गैरआवसीय नेपालीको मातृभूमिप्रतिको दायित्व झनै बढ्यो

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले सङ्घीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नाराले सार्थकता पाएको जनाएको छ । सङ्घले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैरआवसीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस भएको जनाएको हो ।

नेपालको संविधानको २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने व्यवस्था छ । सो नागरिकता पाउने व्यक्तिलाई आमनेपाली सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुनेछ । त्यस्तो नागरिकता पाउने व्यक्तिले मतदान गर्न पाउने छैनन् ।

यसबाट संसारभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्नुका साथै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्रयाउन पनि मार्गप्रशस्त गर्ने र समृद्ध नेपाल निर्माणमा थप टेवा पुग्ने सङ्घको विश्वास छ । सङ्घले विधेयक पारित गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकटसमेत गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com