२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

पाँचखालमा नगरपालिकाले नै भरिदिन्छ बा-आमाका दाँत

पाँचखालमा नगरपालिकाले नै भरिदिन्छ बा-आमाका दाँत

जनसेवा न्युज डटकम संवाददाता

स्थानीय सरकारले जनताका स(साना समस्या हल गर्न पनि योजना ल्याउने गरेका छन्।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले पनि जेष्ठ नागरिकहरूका लागि यस्तै एउटा योजना अघि सारेको छ दाँत भर्ने१

नगरपालिकाभित्र बसोबास गर्ने ६० वर्षमाथिका जेष्ठ नागरिकले यो सुविधा पाउँछन्। यसका लागि नगरपालिकाले बजेट नै विनियोजन गरेको छ।

मेयर महेश खरेलले जेष्ठ नागरिकका लागि नगरपालिकाले निस्शुल्क रूपमा दाँत राखिदिने कार्यक्रम लागू गरेको जानकारी दिए।

यो कार्यक्रम खरेल पहिले मेयर हुँदैमा सुरू गरेका थिए। वैशाखमा भएको चुनावमा फेरि उनी नै मेयर दोहोरिए भने यो कार्यक्रमलाई पनि निरन्तरता दिएका छन्।

‘दाँत झरेर जेष्ठ नागरिकलाई मकै खान, मासुलगायत खान पनि साह्रै समस्या हुने गरेको पाइएपछि हामीले गत वर्षदेखि नै यो कार्यक्रम लागू गरेका थियौं,’ मेयर खरेलले भने, ‘उहाँहरू खुलेर नबोल्ने, नहाँस्ने। हाँस्दा पछ्यौराले मुख छोपेर हाँस्ने गरेको देखियो। दाँत राखेर हाम्रा आमा(बुवाको मुहारमा खुसी ल्याउन यो कार्यक्रम लागू गरियो।’

गत वर्ष ७२ जना जेष्ठ नागरिकका लागि नगरपालिकाले आफ्नो खर्चमा दाँत राखिदिएको पनि उनले जानकारी दिए।

‘हामीले वडाहरूबाटै एकÞदुइटा दाँत झरेका वा सबै दाँत झरेका जेष्ठ नागरिक खोजेर लगेर दाँत भर्ने व्यवस्था मिलाएका थियौं,’ खरेलले भने, ‘दाँत राख्ने कामका लागि धुलिखेल अस्पतालसँग हामीले सहकार्य गरेका छौं, आर्थिक पाटो हेर्ने जिम्मेवारी नगरपालिकाकै हो।’

नगरपालिकाले जेष्ठ नागरिकलाई दाँत भर्ने अभियान नै सञ्चालन गरिएको उनले जानकारी दिए। ‘यसपटक पनि म निर्वाचन भएर आएपछि हामीले दन्त शिविर गर्‍यौं। अब छिट्टै ४२ जनाको दाँत भर्न लागेका छौं,’ उनले भने, ‘यीमध्ये २४ जनाको एकरदुई दाँत राख्नुपर्ने र १८ जनाको सबै दाँत राख्नुपर्ने छ।’

नगरपालिकाले जेष्ठ नागरिकका आँखा उपचार गर्ने कार्यक्रम पनि अघि सारेको छ। महिलाहरूको पाठेघर खस्नेलगायत रोगको पनि नगरपालिकाले निस्शुल्क उपचार गर्ने मेयर खरेल बताउँछन्।

‘यी सबै कार्यक्रमका लागि २५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ,’ उनले भने।

गत वर्ष नगरपालिकाले जेष्ठ नागरिकलाई दाँत भर्न पाँच लाख बजेट विनियोजन गरेको थियो।

‘एक जनाको दाँत राख्न १७ देखि २० हजारसम्म खर्च लाग्छ,’ उनले भने, ‘महिलाहरूको पाठेघर सम्बन्धी उपचार गर्न नगरपालिकाले यसवर्ष पाँच लाखजति खर्च गर्न सक्छ।’

आँखाको मोतिविन्दू भए पनि उपचार गरिने उनले बताए।

‘एक जनाको मोतिविन्दु उपचार गर्न पाँच हजार खर्च हुन्छ,’ उनले भने, ‘गत वर्ष काठमाडौंको मातृका आँखा अस्पतालसँग मिलेर निस्शुल्क उपचार गरेका थियौं। यसपालि इवामुरा अस्पतालसँग मिलेर काम गरेका छौं। आँखा उपचार गर्न जेष्ठ नागरिकले पैसा तिर्नुपर्दैन, नगरपालिकाले नै तिरिदिन्छ।’

यससँगै नगरपालिकाले कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा पनि काम गर्दै आएको छ। साथै आजाद माध्यमिक विद्यालयमा यसवर्षदेखि कक्षा ९ र १० मा कृषि विषयको पढाइ सुरू गर्ने तयारी पनि नगरपालिकाले गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com