२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

हिरासतकी महिलालाई मध्यराति असईले लगे आफ्नो कोठामा, निलम्बित गरेर छानबिन सुरु

हिरासतकी महिलालाई मध्यराति असईले लगे आफ्नो कोठामा, निलम्बित गरेर छानबिन सुरु

बाँके । हिरासतमा रहेकी महिलालाई सोधपुछको बहानामा प्रहरी सहायक निरीक्षक (असई) ले मध्यराति आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत असई प्रविण चौलागाईँमाथि उक्त आरोप लागेपछि उनलाई निलम्बित गरेर छानबिन थालिएको छ ।
इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत आसई चौलागाईंविरूद्ध ती महिलाले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै मुद्दा दर्ता गराएकी छन् । उक्त मुद्दा दर्ता भएलगत्तै असई चौलागाईं निलम्बनमा परेका हुन् ।

अहिले असई आफै थुनामा रहेका छन् । उनले आचरण विपरीत कार्य गरेको भन्दै थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पीडित महिलाले आफूलाई असई चौलागाईँले शुक्रबार मध्यरातमा हिरासतबाट आफ्नो कोठामा पुर्‍याएको बताइन् । उक्त कुरा थाहा पाएपछि हिरासतमा रहेका अरु व्यक्तिले होहल्ला गर्दै विरोध समेत गरेको बताइएको छ । ती महिलाले आफूमाथि असईद्वारा बलात्कार प्रयास भएको भन्दै शनिबार बिहानै आफ्ना आमाबुवालाई साथमा लगेर जिप्रका, नेपालगन्जमा उजुरी दिएकी थिइन् । ती महिला बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको थुनामा रहेकी थिइन् ।

असई चौलागाईँलाई सोमबार अदालतसमक्ष उपस्थित गराउने तयारी भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com