२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित

कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले दोस्रो चरणको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । गत जेठमा लिइएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा नियमिततर्फ एनजी (नट ग्रेडेड) आई पुनर्योगको लागि आवेदन दिएका परीक्षार्थीहरूको दोस्रो चरणको नतिजा बोर्डले प्रकाशित गरेको हो । बोर्डले पुनर्योगका लागि २५ भदौ २०७९ देखि २ असोजसम्म पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरेको हो ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० (दश) दिन पश्चात सक्कल ग्रेडसिटसहित कार्यालयमा सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ । पुनर्योगको नतिजामाथि चित्त नबुझी उत्तर पुस्तिका हेर्न चाहने परीक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ । त्यसका लागि प्रति विषय २ हजार शुल्क बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन पेश गर्न सकिनेछ ।

पुनर्योगबाट ग्रेड परिवर्तन भई ग्रेड वृद्धि (पुरक) परीक्षा दिन चाहेन परीक्षार्थीले २९ असोजभित्र परीक्षा आवेदन फारम बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ । बोर्डले ३० र ३१ असोजमा कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको मिति तोकेको छ । पुनर्योगबाट ग्रेड परिवर्तन भई ग्रेड वृद्धि गर्न चाहने परीक्षार्थीले ६०० शुल्क बुझाई परीक्षा दिन पाउनेछन् ।

नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको अभिलेखबाट सच्याइने छ । यसअघि ६ असोजमा पहिलो चरणको पुनर्योगको नतिजा प्रकाशित गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com