२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

जनसेवा न्युज डटकम संवाददाता

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बम घाटदेखि पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका बसन्तपुर डाँडा जोड्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभाले केबलकारको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताए । करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

‘केबलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब ४०० मिटर पहुँच मार्गको निर्माण कार्य सम्पन्न भएको छ । तल्लो स्टेसनको सव–इस्टक्चरको निर्माण कार्य करिब सम्पन्न भइ सुपर स्टक्चरको कार्य र साइट डेभलपमेन्टको काम अगाडी बढिरहेको छ । ९ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ’ अध्यक्ष ढकालले भने, ‘बाँकी रहेको टावरको निर्माण कार्य समेत द्रुत गतिमा भइरहेको छ ।’

साथै, अध्यक्ष ढकालले माथिल्लो स्टेशनमा सव–इस्टक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्ट पुर्जाहरूको आयात गर्ने काम अगाडि बढेको समेत जानकारी दिए । त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिर क्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकोले हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको उनले बताए ।

सोही अवसरमा अध्यक्ष ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरूसँग छलफल भइरहेको समेत जानकारी दिए । केबलकारको २०७७ साल फागुन १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com