२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

श्रीमान-श्रीमतीको झगडाले पूरै परिवारले ज्यान गुमाउनुपर्यो

श्रीमान-श्रीमतीको झगडाले पूरै परिवारले ज्यान गुमाउनुपर्यो

काठमाडौं । पछिल्लो समय अपराधका नयाँ नयाँ आयामहरु समाजमा देखा पर्न थालेका छन् । भनिन्छ श्रीमान–श्रीमतीको झगडा परालको आगो । तर, अहिले एउटा यस्तो घटना घट्यो श्रीमान–श्रीमतीबीच मनमुटाब सिर्जना भएपछि निम्तिएको विवाद मृत्युमा परिणत भइदियो ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको एक परिवारको दम्पत्तिबीच विवाद सिर्जना हुँदा पूरै परिवारले ज्यान गुमाउनुपरेको छ । अरुबेला हल्लीखल्ली सुनिने घरमा सोमबार बिहान अबेरसम्म घर सुनसान देखिएपछि स्थानीयले घरको ढोका फोडेर भित्र प्रवेश गर्दा परिवारका सबैजना मृत अवस्थामा फेला परेका थिए ।

घटनापछि स्थानीले प्रहरीले खबर गरे । घरभित्र गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षीय छोरा आशिक र ७ वर्षीया छोरी आशिका मृत अवस्थामा थिए । घटनास्थलमा प्रहरी आएपछि थालेको प्रारम्भिक अनुसन्धानमा परिवारको हत्यापछि दिनेशले आत्महत्या गरेको खुलेको थियो।

पारिवारिक कलहपछि सुनित बेलायत जाने तयारी थिइन् । उनको भिसा पनि आइसकेको थियो । दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । नेपाल आएपछि दिनेशले इलेक्ट्रोनिक्ससम्बन्धी काममा व्यस्त थिए भने सुनिता फेन्सी पसल चलाउदै आएकी थिइन् ।

त्यहाँका स्थानीयहरुका अनुसार यसअघि पनि दुईबीचमा पटक पटक झगडा हुने गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पारिवारिक झगडाकै कारण दिनेशले घर बेच्न खोजेका थिए । तर, दिनेशले घर बेच्ने कुरा गरेपछि सुनिताले आपत्ति जनाएकी थिइन् । यत्तिकै दिनेशले सुनितालाई थाहै नदिइ १० लाख लिएर घर बैना गरेका थिए । बैनासँगै दिनेशले घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि अनुसन्धानमा खुलेको छ ।

सम्पत्ति र पारिवारिक कलह बढ्न थालेपछि माइती पक्षले सुनितालाई बेलायत पठाउने निर्णय गरेको थियो र सुनिताको बेलायतको भिसा पनि आइसकेको प्रहरीको अनुसन्धानमा खुलेको छ। तर, सुनिता बेलायत उड्ने तयारीमा रहँदै परिवार नै सखाप बनेको छ ।

अहिले प्रहरीले यस घटनाबारे गहिरो अनुससन्धान गरिरहेको छ । यस्तै, घटनाको अनुसन्धान गर्न शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोली घटनास्थलमा पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com