गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

गुल्मी – गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दाङको गढवा गाउँपालिका–३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयाे ।
गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत सिमाहाघाटबाट सदरमुकाम तम्घास आउने क्रममा लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल गएराति दुर्घटना भएको हो । दुर्घटनापछि चौधरी सडक छेउको नालीमा पल्टिरहेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।
मृतक चौधरी इन्द्र एम के जेभी निर्माण सेवामा सब–इन्जिनियरका रूपमा काम गर्दै आउनुभएको थियो ।