२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

वर्षाले उदयपुरको जनजीवन अस्तव्यस्तस् रिस्कूमा ट्रक बग्यो, कटारीमा डुबान

वर्षाले उदयपुरको जनजीवन अस्तव्यस्तस् रिस्कूमा ट्रक बग्यो, कटारीमा डुबान

उदयपुर । अविरल वर्षाका कारण कटारीको जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको बाढीले कटारी नगरपालिका–७ रिस्कूस्थित बैजनाथ खोलामा आएको बाढीले एउटा ट्रक बगाएको छ । सोमबारेबाट रिस्कूतर्फ हिँडेको बागमती प्रदेश ००३००१ ख २०६१ नम्बरको ट्रक बगाएको हो ।

बाढी आएपछि खोलाकिनारमा रहेको खाली ट्रक बगाएको स्थानीयले बताएका छन् । रिस्कूतर्फ काठ लिन हिँडेको खाली ट्रक खोलाले बगाएको हो ।

त्यसैगरी वर्षाकै कारण कटारी , ४ को बजार क्षेत्र डुबानमा परेको छ । बजारसँगै सिद्धिचरण लोकमार्गको सडक नै डुबानमा पर्दा आउजाउमा समेत समस्या भएको छ । स्थानीयले घर नै भत्काएर लैजान लागेको बताउँदै नगरमा गुनासो गरेका थिए ।

दिगो ढलनाला व्यवस्थापन नहुँदा वर्षादमा कटारी बजारका पसल तथा घरहरू डुबानमा पर्ने गरेका छन् । डुबानका कारण जनजीवन प्रभावित भएपछि स्थानीय आक्रोशित भएका छन् । कटारीका जनप्रतिनिधिहरूले समस्या समाधानमा चासो नदिएको बताउँदै उनीहरू नगरपालिका पुगेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com