२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ।

ह्याकरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट क्रिप्टोकरेन्सीको बारेमा प्रमोशनल ट्वीट शेयर गरेको पाइएको छ । टेस्लाका सीईओ एलोन मस्कको नक्कली क्रिप्टो खाताको लिंक पनि उनको ह्यान्डलमा संलग्न गरिएको थियो।

इमरान खानका हाल ७४ लाखभन्दा बढी फलोअर्स छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्रीले भने अहिलेसम्म यस बारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । उनका पार्टीका सदस्य र अनुयायीहरूले कुनै पनि अनैतिक पोस्टमा अन्तरक्रिया नगर्न सल्लाह दिइरहेका छन्।

गत डिसेम्बरमा सर्बियामा पाकिस्तानी दूतावासको ट्विटर ह्यान्डलले सरकारी अधिकारीहरूलाई तलब नतिरेकोमा सन्देश पोस्ट गरेको थियो जसले पीटीआई सरकार र इमरान खानलाई ठूलो अप्ठ्यारोमा पारेको थियो । पछि सरकारी अधिकारीहरूले भने सो खाता ह्याक भएको दाबी गरेका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com