२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ : महामन्त्री थापा

युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्छ : महामन्त्री थापा

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले युवा पुस्तालाई राजनीतिमा अग्रसर गराउनुपर्ने बताएका हुन् ।

यसका लागि पार्टीका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तदुरुस्त रूपमा अगाडि बढाउनु पर्ने महामन्त्री थापाको भनाइ छ । आगामी संसदीय निर्वाचन लक्षित गरि भ्रातृ संगठनहरुलाई अगाडि बढाउन आवश्यक रहेको थापाले बताए । यस्तै उनले संसदमा चलिरहेको जल्दाबल्दा विषयवस्तुप्रति काँग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने बताए ।

यता काठमाडौं महानगरपालिका वडा–८ का अध्यक्ष आशामान संगतले फोहोरमाथि महानगरभित्रै राजनीति भइरहेको बताए । ‘फोहोरमाथि महानगर भित्रै राजनीति भइरहेको छ । सरकारले नै फोहोर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने हो’, संगतले भने ।

काँग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै फरक मत राख्ने नेता र कार्यकर्ताहरूलाई समेट्दै अगाडि बढ्न आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com