२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

रासायनिक मल र कोरोना बीमाबारे डिला संग्रौलाद्वारा सरकारको ध्यानाकर्षण

रासायनिक मल र कोरोना बीमाबारे डिला संग्रौलाद्वारा सरकारको ध्यानाकर्षण

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले रासायनिक मल नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै संग्रौलाले पटकपटक कृषि मन्त्री आइरहेपनि किसानले अहिलेसम्म रासायनिक मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

असारमा धादिङका किसानहरू आक्रोशित भएर दुई ट्रक रासायनिक मल सडकमै लुट्दा पनि सरकार मौन बसेको उनको भनाइ छ । मल ल्याउन कानुनी समस्या भए सार्वजनिक खरीद ऐन संशोधन गर्न केले रोकेको छ भन्दै संग्रौलाले प्रश्न गरिन् ।

‘के नयाँ चुनाव भएपछि मात्रै संशोधन गर्ने हो रु कि, अरु कुनै कारण छ, जवाफ चाहियो। मलको अभावमा देश भित्रै प्राङ्गारिक मल उत्पादन गर्ने हाम्रो योजना खोइ ? रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै ?,’ उनले भनिन् ।

त्यस्तै उनले कोरोना बीमाको रकम अहिलेसम्म भुक्तानी नगरिएको भन्दै यथाशिघ्र भुक्तानी दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेकी छन् । ‘बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्डमा दाबी भुक्तानीमा सरकारले पनि दायित्व बहन गर्ने उल्लेख छ । तर, मापदण्डअनुसार आफ्नो हिस्सामा परेको दायित्व भुक्तानी गर्नबाट सरकार पन्छिएको छ । त्यसैले विना ढिलाई एउटा मापदण्ड बनाएर देशभरी भुक्तानी हुन बाँकी रकम तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न म नेपाल सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com