२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

पेलोसीको ताइवान भ्रमणको सम्भावनामाझ अमेरिका–चीनबीचको तनाव उच्च बिन्दूमा

पेलोसीको ताइवान भ्रमणको सम्भावनामाझ अमेरिका–चीनबीचको तनाव उच्च बिन्दूमा

एजेन्सी । अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान भ्रमणमा जान सक्ने सम्भावनाबीच ताइवान चीनको आक्रोशको सामना गर्ने तयारी गरिरहेको छ । पेलोसीको भ्रमणलाई ह्वाईट हाउसको समर्थन छैन र उनी ताइवान गइन् भने दशकौँपछि ताइवान पुग्ने सबैभन्दा शीर्ष अमेरिकी नेता हुनेछिन् ।

अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुकाउने’ धम्की दोहोर्‍याएको छ ।

स्वशासित टापु मुलुक ताइवानलाई चीनले आफ्नो भूमि भएको दाबी गर्दै आएको छ, जसलाई चीनले छुटिएर रहेको प्रान्त मान्छ । चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्यिङले चीन पेलोसीको भ्रमणको संवेदनशीलतालाई लिएर अमेरिकासँग निरन्तर संवादमा रहेको बताइन् । साथै उनले ‘चेतावनीको बाबजुद अमेरिकाले चीनको सार्वभौम सुरक्षा चाखलाई असर पुर्‍याए गम्भीर परिणाम भोग्नुपर्ने’ चुन्यिङले दिइन् ।

मंगलबार चीनले ताइवान र मूलभूमि चीनलाई छुट्याउने अनौपचारिक विभाजन रेखासम्म लडाकु विमान उडाएको थियो ।

चिनियाँ पेलोसीको सम्भावित भ्रमणलाई केन्द्रित गरेर जनमुक्ति सेनाले नियमित सैन्य अभ्यास गरिरहेको छ । सेनाको पूर्वी कमाण्डले अनलाइन पोष्ट गरेको भिडियोमा आफूहरू ‘जुनसुकै स्थितिको लागि तयार रहेको’ बताएको छ ।

ताइवानका रक्षा मन्त्रीले आफूहरू टापु नजिक भइरहेको सैन्य गतिविधिबारे पूर्ण जानकार रहेको र चिनियाँ खतराको प्रतिरक्षा गर्न तम्तयार रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकाको औपचारिक कूटनीतिक सम्बन्ध चीनसँग छ तर उसले ताइवानसँग उसकै भाषामा एक ‘सबल र अनौपचारिक सम्बन्ध’ रहेको बताउने गर्छ ।

पेलोसी आइतबारदेखि एसिया भ्रमणका निस्किएकी छन् र सार्वजनिक उनको भ्रमण तालिकामा ताइवानको उल्लेख छैन । उनले हालसम्म सिंगापुर र मलेसियाको भ्रमण गरिसकेकी छन् र भ्रमण सूचिमा दक्षिण कोरिया र जापान पनि समावेश छ ।

उनको भ्रमण तालिकामा ताइवान उल्लेख नभए पनि ताइवानी तथा अमेरिकी मिडियाले उनी मंगलबार साँझ ताईपेई ओर्लिने योजनामा रहेको लेखिरहेका छन् । ताईपेईमा उनले बुधबार ताइवानी नेतासँग भेट्ने कार्यक्रम रहेको तिनै मिडियाले बताएका छन् ।

मंगलबार ताइवानका प्रधानमन्त्री सु सेङ–चाङले आफ्नो मुलुक ‘कुनै पनि विदेशी पाहुनालाई स्वागत गर्न तयार रहेको’ बताए ।

पेलोसीको भ्रमणले ह्वाईट हाउस भने चिन्तित देखिन्छ । राष्ट्रपति बाइडेनले गत साता अमेरिकी सेनाले पेलोसीको सम्भावित ताइवान भ्रमणलाई ‘अहिलेको समयमा उचित नमानेको’ बताएका थिए ।

नेसनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किरबीले सोमबार ह्वाईट हाउसले अमेरिकी कंग्रेसको स्वतन्त्रतालाई सम्मान गर्ने प्रतिक्रिया दिए ।

अमेरिकाका दुवै पार्टीका समर्थक तथा सभासदहरुमाझ ताइवानप्रति बलियो समर्थन देखिन्छ ।

डेमोक्रेटिक पार्टीकी शीर्ष राजनीतिज्ञ पेलोसी लामो समयदेखि चिनियाँ नेतृत्वको कटू आलोचक रहेकी छन् र उनले चीनको मानव अधिकार रेकर्डको विषय उठाइरहन्छिन् ।

विगतमा पेलोसीले प्रजातन्त्र पक्षधर चिनियाँहरूलाई भेटेर चीनलाई चिड्याउने गरेकी छन् । उनले सन् १९८९ को तियानमेन चोकमा मारिएका पीडितको सम्मानका लागि सो चोकसमेत पुगेकी छन् ।

तियानमेन घटना भएको दुई वर्षपछि तत्कालीन क्यालिफोर्नियाकी प्रतिनिधि बेइजिङ भ्रमणमा थिइन् । तर त्यहाँ उनी र अन्य दुई कंग्रेस सदस्य लुसुक्क औपचारिक सुरक्षाबाट उम्किएर तियानमेन चोक पुगेका थिए ।

त्यहाँ उनीहरुले ‘चीनमा प्रजातन्त्रको लागि मारिएकाहरू प्रति’ लेखिएको सानो कालो ब्यानर देखाएका थिए ।

पेलोसीले अप्रिलमै ताइवान भ्रमणमा जाने योजना बनाएकी थिइन् । तर अन्तिम समयमा उनलाई कोभिड–१९ देखिएपछि भ्रमण पछि सरेको थियो । भ्रमण रद्द भएको हो की भन्ने आशङ्का माझ यो महिना उनले ‘ताइवानलाई समर्थन जनाउनु महत्त्वपूर्ण भएको’ दोहोर्‍याइन् ।

वासिङ्टन र बेइजिङका अधिकारीहरूले कडा प्रतिक्रिया दिइरहेका बेला ताइवान आसपासको समुद्रमा युद्धपोत र लडाकु जहाजहरू थपिएका छन् ।

उता किर्बीले भने सभामुखको भ्रमणले चीनप्रतिको अमेरिकाको रणनीतिमा कुनै फरक नआउने बताए । उनले यसको प्रमाण स्वरूप सन् १९९७ को रिपब्लिकन सभामुख न्युट गिनग्रिच र यसै वर्ष विभिन्न अमेरिकी विधायकले ताइवानको भ्रमणको उदाहरण पेस गरे ।

पेलोसीले भ्रमण नरोके चीनले विभिन्न रूपमा आफ्नो असन्तुष्टि देखाउने तयारी गरेको आशङ्का गरिन्छ । पेलोसी सुरक्षाको कारण अमेरिकी सेनाको जहाजमा एसिया टुरमा रहेको किर्बीले बताए ।

बीबीसीबाट

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com