२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

परिक्षा बोर्डको निर्देशन : साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिनु

परिक्षा बोर्डको निर्देशन : साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिनु

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यार्थीहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ । परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।

छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो । ‘कक्षा–११ को बिद्यार्थी भर्ना गर्ने सबन्धनमा बिभिन्न विद्यालय र क्याम्पसहरूले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सुचना प्रकाशित भएको हुँदा देशका दुर्गम क्षेत्रका बिद्यार्थीहरुले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको भनि बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धaमा बोर्डको ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ ।

‘यस सम्बन्धमा सबन्धित बिद्यालयहरुले माध्यमिक शिक्षा परिक्षा –कक्षा १० को नतिजा सार्वजनिक भएको न्यूनत्तम १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म बिद्यार्थी भर्ना लिने ब्यवस्था मिलाउन सबै बिद्यालयरक्याम्पसलाई सुचित गरिन्छ,’सूचनामा

भनिएको छ । स्थानिय पालिकाहरुले सो बारेमा सहजीकरण गर्न पनि परिक्षा बोर्डले अनुरोध गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com