२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

फिल्मका गीत हिट हुँदा पुष्पलाई कति फाइदा ?

फिल्मका गीत हिट हुँदा पुष्पलाई कति फाइदा ?

जनसेवा न्युज डटकम संवाददाता

कतिपय कलाकार आधा दर्जन बढी फिल्म अभिनय गर्दा पनि चर्चामा छाउन सक्दैनन् । यो मामलामा लक्की छन् अभिनेता पुष्प खड्का । उनी भने हरेक फिल्म मात्र होइन, फिल्मको गीतबाट पनि चर्चामा रहन्छन् । जसको जल्दोबल्दो उदाहरण प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कृष्णलीला’ लाई लिन सकिन्छ । फिल्मको ‘ए मेरो हजुर’ र ‘म निदाउँदा’ दुवै बोलको गीत अहिले चर्चामा छ । गीतसँगै उनी पनि । ३ भदौबाट प्रदर्शनमा आउने यो फिल्मको ‘ए मेरो हजुर’ टिकटकमा समेत भाइरल छ ।

पुष्पका लागि गीत संगीतले सँधै साथ दिएको देखिन्छ । उनी अभिनित फिल्मका गीत संगीत हिट हुँदा उनको करिअरलाई नै फाइदा मिलिरहेको छ । उनको अभिनय करियरले उचाई लिएको फिल्म ‘मङ्गलम’ को ‘पर्ख पर्ख मायालु’ बोलको गीत पनि बम्पर हिट भयो । यो गीतका कारण फिल्म रिलिज अगाडि उनी दर्शकमाझ परिचित भएका थिए ।

त्यस्तै केही अगाडि रिलिज भएको फिल्म ‘मारुनी’ को पनि ‘हानी मैले झटारो’ गीत हिट भएको थियो । जसको कारण पुष्पलाई मात्र होइन फिल्मको व्यवसायलाई पनि फाइदा पुगेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com