२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

‘नेपाल समाजवादी केन्द्र’ को घोषणा

‘नेपाल समाजवादी केन्द्र’ को घोषणा

जनसेवा न्युज डटकम संवाददाता

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समुहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर विभिन्न पाँच पार्टीबीच चुनावी एकता गरेर निर्वाचन लक्षित राजनीतिक मोर्चा ‘नेपाल समाजवादी केन्द्र’ नामाकरण गरिएको जानकारी दिइएको हो ।

अभियान केन्द्रीय कार्यालयको गत साउन १७ गते बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘नेपाल समाजवादी केन्द्र’ राख्ने र केन्द्रलाई राजनीतिक मोर्चा र चुनावी गठबन्धनको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । आज घोषण गरिएको उक्त नेपाल समाजवादी केन्द्रमा नेकपा (समाजवादी) , नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपाल आवद्ध छन् ।

कार्यक्रममा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डलका सदस्य युवराज सफलले वामदेव गौतमलाई एक महत्वपुर्ण कालखण्डमा साथ दिएको स्मरण गराए । नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता गरी बृहत कम्युनिष्ट पार्टीको निर्माण गर्ने र मोर्चामार्फत देशलाई समृद्धिको बाटोमा अघि बढाउने वामदेवको योजना पत्याएर आफूहरुले साथ दिएको उनको भनाइ थियो ।

उनले ७७ जनाको केन्द्रीय समितिमा २५ जना वामदेवसँग पछि लागेर गएको भन्दै बाँकी भएका सबै सदस्यहरु आफूहरुसँग रहेको पनि दाबी गरे । सफलले सारा कम्युनिष्टहरूलाई एकता गर्नको लागि आफुले अभियान चलाउने पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com