२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका

विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका

लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो ।

विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । उनीहरूले अर्जेटिनालाई विश्व फुटबलको एक उत्कृष्ट टोली बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

मेस्सी महान् खेलाडी हुन्, यसमा दुई मत छैन । अर्जेन्टिनालाई कोपा अमेरिका जिताएका मेस्सीलाई अहिले आफूलाई सफल साबित गर्ने अन्तिम मौका आएको छ । ​मेस्सीका लागि कतार विश्वकप २०२२ अन्तिम मौका हो । ३५ वर्षे मेस्सीले यसपछि विश्वकप खेल्ने सम्भावना कमै छ । क्लब जीवनमा थुप्रै उपाधि जिताएका मेस्सीले राष्ट्रका लागि विश्वकप उपाधि जिताउने जिम्मेवारी काँधमा आएको छ ।

जति–जति मेस्सीको उमेर बढ्दो छ, त्यति नै फुटबल प्रेमीहरूको मनमा एउटा डर उत्पन्न हुन्छ । कारण उनले देशलाई विश्वकप उपाधि दिलाउन सकेका छैनन् । यसअघि मेस्सीलाई कोपा अमेरिका भए पनि देशका लागि एक उपाधि जिताउने दबाब थियो । त्यो भने मेस्सीले सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाबाट पूरा गरेका थिए ।

मेस्सीले अर्जेन्टिनालाई ‘विश्वकप फुटबल’मा फाइनलमा पुर्‍याए पनि उपाधि दिलाउन भने सकेनन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने धेरैजसो खेलाडी युरोपियन क्लबहरूमा राज गरिरहेका छन् । स्पेनिस क्लब बार्सिलोनामा लामो समययता राज गरेर फ्रान्सेली क्लब पीएसजीमा गएका मेस्सी एक सिजन कमजोर फर्ममा रहे । तर, सिजनको सुरुवात हुनु पूर्व उनी उत्कृष्ट फर्ममा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com