२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

लोसपाको कार्यकारिणी समिति बैठक स्थगित

लोसपाको कार्यकारिणी समिति बैठक स्थगित

जनसेवा न्युज डटकम संवाददाता

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । तयारी पूरा नभएको कारण बैठक स्थगित भएको सो पार्टीका नेता मनिष मिश्रले जानकारी दिएका छन् । चुनावी गठबन्धन, संगठन विस्तारलगायतका विषयमा छलफलका लागि बोलाइएको बैठकमा प्रस्तुत हुने एजेण्डाको तयारी पूरा नभएको कारण आज बस्ने भनिएको बैठक स्थगित भएको उनले बताए ।

चुनावी गठबन्धनका लागि दलहरुसँग अझै केही छलफल गर्ने, एउटा निष्कर्षमा पुगेपछि बैठकमा त्यसलाई एजेण्डाको रुपमा राख्ने योजना अनुसार आजको बैठक स्थगित भएको उनको भनाइ छ । लोसपाले चुनावी गठबन्धनका लागि काँग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायतसँग छलफल गरिरहेको छ ।

तर कुन दलसँग गठबन्धन गर्ने भन्नेबारे अहिलेसम्म टुङ्गो लागेको छैन । यद्यपि लोसपा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । लोसपाले आइतबार संसदीय दलको बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ता गठबन्धन तथा सरकारको विषयमा छलफल गरेको छ ।

गठबन्धन र सत्ता सहकार्यको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि टुङ्गो लाग्ने आश्वासन प्रधानमन्त्री देउवाले दिएका छन् । गठबन्धनको विषयमा केही टुङ्गो लागेपछि कार्यकारिणी समितिको बैठक बस्ने बताइएको छ ।

लोसपाको केन्द्रीय समिति गठनको तयारी पनि भइरहेको छ । त्यसको पनि तयारी पूरा भएको छैन । अन्य संगठन निर्माणको काम पनि बाँकी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com