२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

गाजामा भएको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

गाजामा भएको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

एजेन्सी संयुक्त राष्ट्रसंघले महासचिव एन्टोनियो गुटर्रेसले गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलका तर्फबाट हमला भएको थियो । त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो ।

महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी भएको बताएका थिए ।

उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरूको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्ध विरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताएको जानकारी दिए ।

उनले हिंसात्मक हमलाका घटनाहरु नहोउन् भनेर दुवै तर्फबाट संयमता अपनाउन पनि सबैलाई आग्रह गरेको प्रवक्ता डुजारिकको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com