२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

फोहोर बोकेका गाडीमा तोडफोड

फोहोर बोकेका गाडीमा तोडफोड

काठमाडौँ । काठमाडौंको फोहोर बोकेका गाडीमा तोडफोड भएको छ । सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा गए राति फोहोर बोकेर गएका टिपर र डोजरमा अज्ञात समूहले तोडफोड गरेको हो ।

काठमाडौँ महानगरपालिकाका २ वटा डोजर र एउटा एस्काभेटर तथा आलेटारनजिक पार्किङ् गरेर राखिएका गाडीहरूमा तोडफोड भएको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले जानकारी दिइन् ।

‘राति ९ बजे भएको घटनाको यो प्रारम्भिक जानकारी हो । हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्लाई क्षतिको विवरण पठाउन पत्राचार गरेका छौँ, उनले भनिन्, त्यहाँबाट पत्र आएपछि वास्तविकता यकिन हुन्छ ।’ स्थानीय प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको उनले बताइन् ।

तोडफोड गरिएका सवारी तथा उपकरणहरूमध्ये क्यापिङ् गर्ने र फोहोर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएका छन् । यस्तै रोकेर राखिएका गाडीहरूको सिसा फोडिएको छ ।

तोडफोड गरिएका सवारी तथा उपकरण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनका काम हुन सकेको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com