२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बार्सिलोनाले रियललाई पछि पार्दै उपाधि जित्न सक्ला ?

बार्सिलोनाले रियललाई पछि पार्दै उपाधि जित्न सक्ला ?

एजेन्सी  – रियल म्याड्रिडले गत सिजन सजिलैसँग उपाधि जित्यो । १३ अंकको अन्तरमा रियलले उपाधि जित्दा बार्सिलोना भने कमजोर अवस्थामा रहँदै सिजनको अन्त्य गर्यो ।
तर, बार्सिलोना यो सिजनमा भने बलियो देखिन्छ । लेवान्डोस्की, राफिन्हा, डेम्बेलेले क्लबलाई बलियो बनाउने अनुमान गरिएको छ । यो सिजन पनि बार्सिलोना र रियल मड्रिड ला लिगा उपाधिका प्रमुख दावेदार हुन् ।

रियल बलियो तर, बेम्जिमामाथि धेरै भर 

१३ अंकले गत सिजनको उपाधि जितेर रियल म्याड्रिड २००८ पछि पहिलो पटक लगातार लिग उपाधि जित्ने योजनाका साथ सिजनको सुरुवात गर्ने योजनामा छ ।

अन्तिम पटक रियलले सन् २००६–०७ र २००७–०८ को सिजन लगातार उपाधि जितेको थियो ।

मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले चेल्सीका सेन्टर ब्याक एन्टोनियो रुडिगर र मोनाकोका डिफेन्सिभ मिडफिल्डर ओरेलियन चौआमेनीलाई अनुबन्ध गरेर टिममा लिएको छ ।

गत सिजन एन्चेलोटीलाई उत्कृष्ट ११ मैदानमा छिराउँदा युवा अनुहारलाई धेरै समय दिएनन् । एडुआर्डो क्यामाभिङ्गा, फेडे भाल्भर्डे र रोड्रिगोले गत सिजन धरै समय मैदानमा बिताउन पाएनन् ।

फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न असफल हुनु भनेको टिममा बेन्जेमा मात्र टोलीको सेन्टर–फर्वार्ड हुनु हो । रियलले  लुका जोभिच फियोरेन्टिनामा पठाएको  छ । यता एन्चेलोटील मारियानो डियाजलाई कहिल्यै विश्वास गरेनन् ।

डिसेम्बरमा ३५ वर्ष पुग्न लागेका बेन्जिमाले धेरै गोल गर्न सक्छन् भनेर विश्वास गर्नु रियलको उपाधि महत्त्वाकाङ्क्षामाथि सबैभन्दा ठूलो प्रश्न चिन्ह हो ।

यद्यपि रियलका लागि इडेन हाजार्ड गोल स्कोरका लागि सम्भावित खेलाडी हुन सक्छन् । सन् २०१९ मा चेल्सीबाट रियलमा आएदेखि उनले क्लबका लागि मात्र ६ गोल गरेका छन् ।

अहिले हाजार्ड फिट छन् । प्रि सिजनमा उनले लयमा फर्किएको सङ्केत गरेका छन् । एसेन्लोटीले पनि हाजार्डलाई धेरै समय खेलाउन मनसाय बनाएका छन् ।

रियलका लागि हाजार्डलाई पुनः फ्रि–स्कोरिङ सुपरस्टार बन्ने मौका छ । जुन उनी स्ट्यामफोर्ड ब्रिजमा स्कोररको भूमिकामा देखिन्थे । यसले गर्दा रियललाई कमजोर अवस्थाबाट राम्रो अवस्थामा ल्याउन सहयोग गर्नेछ ।

ठूलो खर्च गर्ने बार्सिलोना पुरानै अवस्थामा फर्किन्छ ?

बार्सिलोनाका लागि यो समर सनसनीपूर्ण रह्यो । क्लबका अध्यक्ष जोन लापोर्ताले खेलाडी अनुबन्धको कुरामा धेरै खर्च गरे । बार्सिलोनाले उक्त रकम खर्च गर्नका लागि क्लबको व्यावसायिक सम्पत्ति को एक हिस्सा बेचेको छ ।

बार्सिलोनामा रोबोर्टाे लेवान्डोस्की, राफिन्हा, जुलेस काउन्डे, एन्ड्रियास क्रिस्टेनसेन, फ्रान्क केसी जस्ता खेलाडी अनुबन्ध गरिसकेको छ । त्यस्तै क्लबले डेम्बेलेसँगको सम्झौता नवीकरण गरेको छ । अहिले क्लबले मुख्य प्रशिक्षक जाभीले भने अनुसारको खेलाडी दिएको छ ।

बार्सिलोनाले रायो भालेकानोसँग खेल्दै नयाँ सिजनको सरुवात गर्दैछ । त्यसका लागि चार खेलाडीलाई ला लिगामा दर्ता गरिसकेको छ । यसअघि ला लिगाले बार्सिलोनाले आर्थिक नियमको पालना नगरेको भन्दै खेलाडी दर्ता गर्न मानेको थिएन ।

क्लबको समस्या समाधान हुने कुरामा बार्सिलोनाको विश्वस्त छ । अब प्रशिक्षक जाभीसँग टिमलाई कसरी अघि बढाउने भन्ने कुराको दबाब छ ।  गत सिजनको क्लबमा आएका जाभी कत्तिको राम्रो प्रशिक्षक हुन् भन्ने प्रश्न पनि उठ्ने छ ।

बार्सिलोनाले गत सिजन जाभीको प्रशिक्षकत्वमा लिगका २६ खेलहरूबाट ५६ अंक बटुलेको थियो । फेब्रुअरी र अप्रिलको बीचमा बार्सिलोनाले जाभीकै प्रशिक्षकत्वमा बर्नाबेउमा रियल म्याड्रिडलाई ४–० गोल अन्तरले हराएको थियो ।

बार्सिलोनाले जाभीको प्रशिक्षकत्वमा खराब नतिजा पनि ब्यहोर्यको थियो । काडिज र रायो भ्यालेकानोको घरेलु मैदानमा हार र युरोपा लिगबाट ईनट्राक्ट फ्रान्कफर्टसँगको हार ।

बार्सिलोनाका पूर्व कप्तान जाभीलाई बार्सिलोनाको कमजोरीको विषयमा राम्रो ज्ञान छ । र उनी अब त्यो ज्ञानलाई प्रयोग गर्न हिचकिचाउने छैनन् ।

जाभीले साधारण तया ४–३–३ को फर्मेसनमा खेल खेलाउँछन् । कहिले काहीँ उनले तीन खेलाडीलाई ब्याकलाइनमा राख्दछन् । लेवान्डोस्की, डेम्बेले, राफिन्हा, अन्सु फाती, फेरान टोरेस र पियरे–इमरिक औबामेयाङ बार्सिलोनाको आक्रामक लाइन हो । यसमध्यका धेरै खेलाडीहरू टिममा हुनेछन् ।

यो आक्रामक लाइनअफ बाट जाभीले धेरै गोलको अपेक्षा राख्नेछन् । बार्सिलोनाको सेन्टर अट्याक लाईनलाई जाभीले जाभीले काउन्डे र रोनाल्ड अराउजोलाई पूरा गर्न लगाउनेछन् ।

के जाओ फेलिक्सले एट्लेटिकोमा प्रभाव जमाउन सक्लान् ? 

ला लिगा उपाधि होडमा बलियो दाबेदारी गर्ने टोली एट्लेटिको म्याड्रिड पनि हो । डिएगो सिमोनको एट्लेटिकोले गत सिजन उपाधि होडमा आफूलाई बलियो रूपमा प्रस्तुत गर्न सकेन ।

तर, नयाँ सिजनका लागि एट्लेटिको उपाधि होडमा बलियो भएको सङ्केत देखाएको छ । उडिनेसेबाट एट्लेसिकोमा आएका नाहुएल मोलिनाले सेन्टर डिफेन्डर क्यारन ट्रिपियर आकारको अभावलाई चिर्न सक्नेछन् ।

यता बेल्जियमका एक्सेल विट्सेल मिडफिल्डरको क्षेत्रलाई झनै रोचक बनाउनेछन् । एट्लेटिको प्रि–सिजनमा सकारात्मक रहेको छ । गत साताको अन्तिमतिर एट्लेटिकोले युभेन्टसलाई ४–० ले हराएको थियो । फेलिक्स एट्लेटिकोका लागि महत्त्वपूर्ण खेलाडी हुन् ।

क्लबले उनीबाट यो सिजन उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com