२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्रपतिले फेरि नागरिकता विधेयक रोक्नुपर्छ : नेकपा माले

राष्ट्रपतिले फेरि नागरिकता विधेयक रोक्नुपर्छ : नेकपा माले

जनसेवा न्युज डटकम संवाददाता

नेकपा मालेले नागरिकता ऐन–२०६३ को संशोधन विधेयक–२०७९ लाई फेरि पनि रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । राष्ट्रपतिले पुनर्विचारका निम्ति प्रतिनिधिसभामा पठाएको विधेयकलाई बहुमत पक्षले राष्ट्रपतिद्वारा फिर्ता पठाइएको उक्त विधेयकलाई पुनः जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभामा पठाएको छ ।

अब राष्ट्रियसभाले पनि त्यसरी नै पारित गरेपछि सभामुखले प्रमाणीकरणको निम्ति तत्कालै राष्ट्रपति समक्ष निश्चित रूपमा पठाउने बताउँदै पार्टीले यो राष्ट्रपति संस्था, संसदीय शिष्टता तथा नेपाली जनताको अनादर र विदेशी गुलामीको नाङ्गो उदाहरण भएको ठहर गरेको छ । महासचिव सीपी मैनालीले राष्ट्रपतिलाई बिना प्रमाणीकरण विधेयकलाई दराजमा थन्क्याउन सुझाव समेत दिएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, अहिले देशवासीको नजर राष्ट्रपतिमा अडिएको छ । राष्ट्रपतिबाट कस्तो निर्णय हुने हो रु नेपालको स्वतन्त्रता एवम् सार्वभौमसत्ता एकापट्टी र देशको फिजीकरण एवम् सिक्किमीकरण हुने वास्तविक खतरा अर्कोपट्टि उभिएका छन् । नेपालकी छोरी भएको नाताले राष्ट्रपतिले अघिल्लो पक्षलाई नै रोज्ने आशा गर्न सकिन्छ । त्यसो गर्नु भनेको बिना प्रमाणीकरण विधेयकलाई दराजमा थन्काउनु हो । यसो गर्दा विदेश परस्त नेताहरूले राष्ट्रपतिमाथि महाअभियोग लगाउने धम्की दिन सक्छन् । तर राजीनामा गरी पीठ फर्काउने होइन, चुनौतीको सामना गर्ने हो । राष्ट्रपतिलाई महाअभियोग लगाए, लगाउनेहरू नै बढी नाङ्गिनेछन्स संविधानमा महाअभियोग लगाउन साथ राष्ट्रपति निलम्बित हुने प्रावधान छैन र संसदबाट त्यो पारित हुने त्यहाँ सङ्ख्या पुग्दैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com