२०८१ चैत्र १३ - Wed Mar, 2025 -

Janasewa News

एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने अवस्था रहेको बताएका छन् ।

गिरिजा प्रसाद कोइराला लेवर फाउण्डेशन नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिएर सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा जानसक्ने अवस्था रहेको भन्दै यसले दुई दलबीचको सहमति कार्यान्वयनमा अप्ठेरो पार्न सक्ने बताएका हुन् ।

उनले संविधानलाई टेकेर हिँड्नुपर्ने भएकाले विश्वासको मतपछि सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ जान सक्नेतर्फ सजग हुनुपर्ने धारणा राखे । उनले अब एमाले र कांग्रेसको सरकार देशलाई निकास दिने अन्तिम विकल्प भएकाले यो विकल्प पनि असफल भए देशमा दुर्घटना हुनसक्ने भएकाले नयाँ समीकरणलाई सफल बनाउने दायित्व सबैको भएको उल्लेख गरे ।

कोइरालाले मुलुक पटक पटक अस्थिरतातर्फ जाने अवस्थालाई रोक्नका लागि मुलुकको निर्वाचन प्रणालीका विषयमा संविधान संशोधन गर्नुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com