मंगलबार बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसम्बन्धीको विधेयक पेश हुने

मंगलबार बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसम्बन्धीको विधेयक पेश हुने
जनसेवा न्युज डटकम संवाददाता
मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धमा बनेको विधेयक पेश हुने भएको छ । सोमबार गृहमन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा कानुनमन्त्री गोविन्द बन्दीले मंगलबारको संसद बैठकमा संक्रमणकालीन न्यायसम्बन्धीको विधेयक पेश हुने जानकारी दिएका हुन् ।
उनले भने, ‘टिआरसी पूर्व सुरक्षाकर्मीका माग पनि यो विधेयकले सम्बोधन गर्नेछ ।’ उनले नेत्र विक्रम चन्द विप्लवको मुद्दा अदालतको सिफारिस बिना फिर्ता लिन नसकिने बताए । ‘नकारात्मक सूचीमा रहेका ३२२ मुद्दा छन् । उक्त मुद्दा फिर्ता गर्न नमिल्ने हुन् । ३८ मुद्दा फिर्ता लिने प्रक्रियामा छन् ।’