२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कुटपिट मुद्दाका अभियुक्त हतकडीसहित फरार

कुटपिट मुद्दाका अभियुक्त हतकडीसहित फरार

कैलाली । कुटपिट मुद्दाका अभियुक्त हतकडीसहित फरार भएका छन् । कैलालीको जोशिपुर गाउँपालिका ४ का शंकर चौधरी हतकडीसहित फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अन्दाजी २८ वर्षीय शंकर चौधरीलाई उनकै बुवाले कुटपिट सम्बन्धी दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेर ल्याउँदा उनी बाटोबाटै फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले इलाका प्रहरी कार्यालय जोशीपुरको टोलीले चौधरीलाई पक्राउ गरी ल्याउँदै गर्दा हतकडीसहित पथरैया नदीमा हामफालेर फरार भएको बताए ।

फरार चौधरीको खोजीका लागि ईलाका प्रहरी कार्यालय जोशीपुरका प्रहरी नायब निरीक्षक चंखबहादुर कठायतको र ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा टोली खटिई खोज्‍ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com