२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बुटवल जाँदै प्रधनमन्त्री, अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्ने

बुटवल जाँदै प्रधनमन्त्री, अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज रुपन्देहीको बुटवल जाने भएका छन् । बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्न गर्न रुपन्देही जाने भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलनलाई मध्यनजर गरेर बुटवलमा यो सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी विस २०७१ मा ठेक्का सम्झौता भएको हो ।

थप भएको म्यादअगावै २०७८ असारमै सो केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो ।

बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ ।

यो सभाहल एक हजार सीट क्षमताको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com