२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक हो : मन्त्री चौधरी

एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक हो : मन्त्री चौधरी

जनसेवा न्युज डटकम संवाददाता

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको बताएका छन् ।

शनिबार लालमटियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेताहरु जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता बिर्सिने गरेकाले जनता वाक्क भएका छन् । जुन जोगी आएपनि कानै चिरेका जनताले त्यसै भनेका होइनन् । गणतन्त्रका लागि लडेका नेताहरुमा समेत यस्तो प्रवृत्ति देखिनु दुर्भाग्यपूर्ण हो ।’

नेता भइसकेपछि जनताका सुख दुःखबाट टाढा हुन नहुने धारणा राख्दै सहरी मन्त्री चौधरीले भने, ‘देश जोगाउने सन्दर्भमा, व्यवस्था परिवर्तन गर्ने सन्दर्भमा, क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने बेला ठुलो कुर्बानी गरेका सीमान्तकृत जनतालाई झनै बेवास्ता गरिएको छ । हाम्रो पार्टी सीमान्तकृत जनताको बलमै निर्माण भएको हो । तपाईँहरुका समस्या समाधान गर्ने पार्टी पनि हाम्रै पार्टी हो । हाम्रो पार्टी नै तपाईंहरुको अभिभावक हो ।’

विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला दाङ आइपुगेका मन्त्री चौधरीले जनतालाई सचेत हुन समेत आग्रह गरेका छन् । उक्त कार्यक्रममा देवी कुमाल, कवेली कुमाल, श्यामी दमाई, पार्वती नेपाली, गोकर्ण नेपाली, अमर बहादुर बुढाथोकी, अमृता कुमाल, राधा कुमाल, पुष्पा रोका, विना कुमाल, सन्तोषी कुमाल, बिमला कुमाल, देब नेपाली लगायत दुई दर्जन बढी समाजवादी प्रवेश गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com