२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

ओलीसँग रवीन्द्र मिश्रको भेट : यहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ नआत्तिनु होला

ओलीसँग रवीन्द्र मिश्रको भेट : यहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ नआत्तिनु होला

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले छलफल गरेका छन् । आइतबार साँझ ओली निवास बालकोट अढाइ घण्टा ओली र मिश्रबीच छलफल भएको हो ।

ओलीसँगको भेटबारे मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् आसन्‍न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो ।

तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ । नआत्तिनु होला’ ओलीको भनाइ उदृत गर्दै मिश्रले भने ।

‘तपाईं धर्म-संस्कृतिदेखि भूगोल र इतिहासका यति धेरै कुरा कसरी गर्न सक्नुहुन्छ ?’ मिश्रको प्रश्‍नमा ओलीले जवाफ दिए ‘म अहिले पनि राती सुत्नुअघि कम्तिमा एक घण्टा पढ्छु ।’

ओलीले रवीन्द्र मिश्रलाई दिएको सिक्‍का उपहार । तस्बिर : मिश्रको फेसबुकबाट

‘उहाँका कयौँ सहकर्मीकाअनुसार ओलीजी राती १२/०१ नबजि सुत्नु हुन्‍न, उहाँको उर्जा र लगन अनौठो छ’ मिश्रले लेखेका छन् । चुच्चे नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्‍न लगाएका एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लिएर उपहार दिएको मिश्रले उल्लेख गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com