२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

प्रचण्डसहित माओवादीका केन्द्रीय नेता आज सुर्खेत आउँदै

प्रचण्डुसहित माओवादीका केन्द्रीय नेता आज सुर्खेत आउँदै

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सुर्खेत आउन लागेका छन् । पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरु सुर्खेत आउन लागेका हुन् ।

वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रचण्डसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय शक्ति बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ पनि आउने कार्यतालिका रहेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसीले जानकारी दिए ।

उनकाअनुसार प्रशिक्षण कार्यक्रममा प्रदेशका १० वटै जिल्लाका जिल्ला समन्वय समितिदेखि माथिल्लो तहका नेताहरु सहभागी हुनेछन् । पार्टीका उपमहासचिव समेत रहेका अर्थमन्त्री शर्माले विमा समितिको प्रदेश कार्यालयको उद्घान गरेर कार्यक्रममा सहभागी हुने तालिका रहेको उपाध्यक्ष जिसीले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com