२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

एनडीटीभी किन्ने अडानी समूहको प्रयासमा नयाँ ट्वीस्ट

एनडीटीभी किन्ने अडानी समूहको प्रयासमा नयाँ ट्वीस्ट

एजेन्सी । अडानी समूहले मिडिया कम्पनी एनडीटीभीको करिब ३० प्रतिशत सेयर किनेको मामिलामा नयाँ ट्वीस्ट आएको छ । नयाँ दिल्ली टेलिभिजन लिमिटेड (एनडीटीभींं) ले आफ्ना संस्थापकहरूले कर विभागको अनुमति बिना अडानी समूहलाई कम्पनीको शेयर बेच्न नसक्ने बताएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार एनडीटीभीले बुधबार एक एक्सचेन्ज फाइलिङमा कर विभागले एनडीटीभीका संस्थापक प्रणय रोय र राधिका रोयलाई सन् २०१७ मा कर पुनर्मूल्यांकन अन्तर्गत आफ्नो शेयर बेच्न प्रतिबन्ध लगाएको जनाएको छ ।

व्यवसायी गौतम अडानीको नियन्त्रणमा रहेको अडानी समूहले एनडीटीभीको करिब ३० प्रतिशत सेयर अप्रत्यक्ष रूपमा किनेको छ । अडानी समूहले बम्बे स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) लाई एनडीटीभीको थप २६ प्रतिशत सेयर किन्नका लागि खुला प्रस्ताव ल्याउने बताएको छ।

यसको मतलब अडानी समूहले एनडीटीभीमा बहुमत स्वामित्व हिस्सेदारी प्राप्त गर्न चाहन्छ । यदि अडानीको खुला प्रस्ताव सफल भयो भने एनडीटीभीमा उसको कुल हिस्सेदारी ५५ %नाघ्नेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com