२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरूबीच छलफल हुने

दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरूबीच छलफल हुने

एजेन्सी । प्राथमिक स्वास्थ्य सेवा तथा सामुदायिक सहभागितामार्फत मानसिक स्वास्थ्यको विषयमा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरूबीच छलफलको आयोजना हुने भएको छ । विद्यमान कोभिड—१९ महामारी तथा उदीयमान खतराहरूको सन्दर्भमा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि पूर्वतयारी तथा प्रतिकार्यको सबलीकरण, सुदृढ प्राथमिक स्वास्थ्य सेवामार्फत स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा स्वास्थ्य सुरक्षा हासिल गर्नका लागि सोमबारदेखि एकहप्ता लामो बैठकमा सञ्चालन गरिने भएको हो । यस विषयको छलफलमा स्वास्थ्य मन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा स्वास्थ्य क्षेत्रका साझेदारहरूले छलफल गर्नेछन् ।

विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्वी क्षेत्रीय समितिको पचहत्तरौँ बैठक यो वर्ष भुटानमा आयोजना गरिँदैछ र बैठक भदौ २० देखि २४ सम्म चल्नेछ । बैठकमा दक्षिणपूर्वी एसिया विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक, डा।पूनम खेत्रपाल सिंह, विश्व स्वास्थ्य संगठन मुख्यालयका अधिकारी, सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी, संयुक्त राष्ट्रसङ्घका निकायहरूका प्रतिनिधि, साझेदार, दातृ निकाय, नागरिक सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

बैठक सत्रमा छलफल हुने मुख्य विषयहरूमा नसर्ने रोगहरूप्रति भएको प्रगतिको तथा द्रुत कार्ययोजनाको अनुगमन, क्षयरोग अन्त्य गर्ने लक्ष्य प्राप्तिका लागि भएको प्रगति, पाठेघरको क्यान्सरको उन्मूलन प्रक्रियालाई गति दिने र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको शिक्षा तथा तालिमलाई सुदृढीकरण गर्ने आदि रहेका छन् ।

‘स्वस्थ जनसङ्ख्याका लागि स्वस्थ वातावरण’ सम्बन्धी क्षेत्रीय योजना सहित यसअघिका क्षेत्रीय समितिका बैठकहरूमा अनुमोदन गरिएका सङ्कल्प माथि भएका प्रगतिहरूको पनि समीक्षा गरिनेछ । जसमा कुपोषणको दोहोरो बोझको सम्बोधन गर्नका लागि रणनीतिक योजना, रोकथाम गर्न सकिने मातृ, नवजात शिशु तथा बाल मृत्युको अन्त्य, सन् २०२३ सम्म दादुरा र रुबेलाको उन्मूलन र आपत्कालीन चिकित्सकीय टोलीको सुदृढीकरण पनि रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com