२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

नाडालले भोगे पहिलो पराजय

नाडालले भोगे पहिलो पराजय

काठमाडौँ । स्पेनिस टेनिस खेलाडी राफायल नाडालले सन् २०२२ मा ग्रान्ड स्लाम अन्तर्गत पहिलो पराजय भोगेको छ । युएस ओपनको चौथों चरणमा अमेरिकन खेलाडी फ्रान्सेस टियाफोइविरुद्धको खेलमा पराजित भएपछि नाडालले यस वर्ष खेलेका ग्रान्ड स्लाममा पहिलो हार बेहोरेको बीबीसीले जनाएका छन् ।

टियाफोइले चार पटकका च्याम्पियन नाडाललाई ६-४, ४-६, ६-४ र ६-३ को सेटमा स्तब्ध पारे । पराजयसँगै कीर्तिमानी २३ औँ पटक ग्रान्ड स्लाम जित्ने नाडालको लक्ष्यमा धक्का लागेको छ ।

नाडालले यस वर्ष ग्रान्ड स्लाम अन्तर्गत २२ खेलमा अपराजित रहेका थिए । सो क्रममा उनले अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि हात पारेका थिए । पछिल्लो समय उनी पेटको समस्यासँग जुधिरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com