२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–१० दैजीकी १८ वर्षीया पुष्पा दमाईको सोमबार सर्पले टोक्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पुष्पा घरमै सुतेको बेला बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर पुर्‍याइए पनि उनको बाटोमानै मृत्यु भएको चिकित्सकले जानकारी दिए ।

मृतककी आमा ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो। उनको महाकाली अस्पतालमा सघन कक्षमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com