इजरायलमा ज्यान गुमाउनेका परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले इजरायलमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका १० जनाको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो ।
बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।