जसपा छाडेका चौधरीलाई सिके राउतले बनाए उपाध्यक्ष
जसपा छाडेका चौधरीलाई सिके राउतले बनाए उपाध्यक्ष
जनसेवा न्युज डटकम संवाददाता
जनता समाजवादी पार्टी नेपाल त्यागेर सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका नरसिंह चौधरीलाई सो पार्टीले उपाध्यक्षको जिम्मेवारी दिएको छ । नेपाल सद्भावना पार्टीका संस्थापकमध्येका एक नेता चौधरीले लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोको साथमा रहेर लामो समय काम गरेका थिए । उनी नेपाल सद्भावना पार्टीमा निरन्तर उपाध्यक्ष पदमा रहेर काम गरेका थिए ।
राजपा र तत्कालिन समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जसपामा पनि नरसिंह चौधरी राजेन्द्र महतो समूहमा थिए । तर राजेन्द्र महतो महन्थ ठाकुरको साथमा अलग भएर लोसपा बनाएपछि नरसिंह चौधरी जसपामै बसेका थिए । जसपा मधेशको अधिकार र पहिचानका लागि काम नगरेको भन्दै नरसिंह चौधरी केही दिनअघि जनमत पार्टीमा प्रवेश गरेका थिए ।