२०८१ बैशाख ५ - Wed Apr, 2024 -

Janasewa News

एकै मञ्चमा प्रचण्ड–जनार्दन शर्माबीच जुहारी

एकै मञ्चमा प्रचण्ड–जनार्दन शर्माबीच जुहारी

नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ–शर्मा, तपाईंलाई मैले नै हुर्काएको हो– प्रचण्ड

जनसेवा न्युज डटकम संवाददाता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच घोचपेच भएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो ।

अध्यक्ष प्रचण्डअघि बोलेका शर्माले नीति र नेतृत्व सही ढंगले चल्न नसकेकोमा असन्तुष्टि जनाएका थिए । ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु’शर्माले अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भनेका थिए, ‘तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो ।’

जनार्दनको यो कुरा सुनेका प्रचण्डले पनि उनलाई सोही शैलीमा जवाफ फर्काए । प्रचण्डले भने, ‘जनार्दनजीले जाँदा जाँदै भन्नुभयो नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईंहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा पनि सवैले बुझ्न जरुरी छ ।’

प्रचण्डले शर्माको रक्षा र विकास गर्ने कुरामा आफ्नो मुख्य भूमिकालाई नबिर्सन चेतावनी दिए । अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स घोषणा’ कार्यक्रममा शर्माले आफूलाई उपमहासचिव बनाइएकोमा असन्तुष्टि पनि पोखेका थिए । उनले उपमहासचिवको रुपमा नभइ संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com